माइतीघरको सडक जलमग्न (फोटोसहित)

काठमाडौंको माइतीघर मण्डलस्थित सडक शुक्रबार जलमग्न भयो। सडकमा पानी तालिएपछि सवारी साधन चलाउन गाह्रो भएको थियो।

पानी तालिएपछि बटुवालाई पनि उक्त सडक भएर आउजाउ गर्न समस्या भएको थियो। ट्राफिक प्रहरीहरूले मोटरसाइकललगायत सवारी साधनलाई पानी तालिएको सडकबाट पार गर्न सहयोग गरिरहेका थिए।

काठमाडौंमा एक/दुई घन्टा पानी पर्दा सडक र चोकहरू जलमग्न हुन्छन्। भल निकास हुने ठाउँ पर्याप्त छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *