बागलुङको मालढु‌गा नजिकै बसले माइक्रो बसलाई ठक्कर दिँदा ७ जना घाईते

बागलुङ- बागलुङको मालढु‌गा नजिकै बसले माइक्रोबसलाई ठक्कर दिँदा ७ जना घाईते भएका छन् । काठमाडौंबाट बागलुङ बजार आइरहेको बा ४ ख ७९४ नम्बरको माइक्रो बसलाई बागलुङबाट पोखरा जाँदै गरेको ग १ च ९२७३ नम्बरको बसले ठक्कर दिँदा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र गिरीले बताए ।  बागलुङ नगरपालिका–१ मालढुंगामा नजिकै बस र माईक्रोबस ठोकिएका थिए । 
दुर्घटनामा परी घाइते हुनेहरुमा काठेखोला गाउँपालिका–८ लेखानीका ३९ बर्षिय गंगा बहादुर कामी, बागलुङ नगरपालिका–८ सिगानाका ५३ बर्षिय रामेन्द्र खड्का, २० बर्षिया गौरी खड्का, काठेखोला गाउँपालिका–२ की २४ बर्षिया तारा पौडेल, काठेखोला गाउँपालिका–२ की २५ बर्षिया आरती गौतम काठेखोला गाउँपालिका–२ का १९ बर्षिय सागर बोहोरा, र बागलुङ नगरपालिका–११ की १९ बर्षिया सुजता शाक्य रहेका छन् । 

घाईते मध्ये २ जनालाई थप उपचारका लागि  पोखरा रेफर गरिएको प्रहरीले जनाएको छ ।  अन्य घाईतेको अवस्था सामान्य भएको र धौलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *