क्रिकेट कप्तान लामिछाने निलम्बित

काठमाडौं, भदौ २३ गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने निलम्बित हुनुभएको छ । 

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपमाथि लागेको बलात्कार आरोपमाथि छानबिनमा सहयोग गर्न कप्तान र राष्ट्रिय टिमबाट निलम्बन गरेको हो । क्यानले विज्ञप्ति जारी गर्दै छानबिनमा सहयोग गर्न सन्दीपलाई निलम्बन गरिएको उल्लेख गरेको छ ।

बिहीबार नै लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बिहीबार जिल्ला अदालत काठमाडौंले बलात्कार गरेको आरोपमा कप्तान लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी  गरेको हो । 

भदौ ५ गते मध्यराति काठमाडौंको एक होटलमा पुर्‍याएर किशोरीमाथि बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालामा मङ्गलबार उजुरी परेको थियो । उजुरी परेसँगै प्रहरीले यस घटनाको अनुसन्धान अघि बढाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *