कर्णाली घटना पूर्ण पाठ

Dr. Sujit Mandal ||
२०७९ साल भाद्र २ गते बिहान करिब ९ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना चौथो तह को प्रशासन तर्फको कर्मचारी धन बहादुर शाही आफ्नो UKG पढ्ने बच्चाको निधार को टाका काट्न इमर्जेन्सी वार्ड मा आउँछन्। त्यहा खटिनुभएको डिउटी मेडिकल अधिकृत डाक्टर करण साह ले टाका काट्ने काम इमर्जेन्सी मा नभई ओपिडी मा हुने र टाका काट्ने औजार समेत इमर्जेन्सीमा नहुने कुरा पनि प्रष्ट पारी सम्झाएर पठाउँछन् ।
केही बेर पछि ती व्यक्ति प्रतिष्ठान कै अर्को प्रशासनको कर्मचारी लिएर फेरि इमर्जेन्सी मा पुन जसरी भएपनि जे औजार उपलब्ध छ त्यसैले टाका काट भनि जिकिर गर्छन् र गाली गलौज सुरु गर्छन् ।
डाक्टर ले फेरि जे पायो त्यही ले टाका काटे संक्रमण हुन सक्ने त्यै भएर यहाँ नमिल्ने र १० बजे ओपिडी मै जान सुझाउँछन्।
यतिकै मा आरोपी धन बहादुर शाही ( आरोपी) मुख छाड्दै डाक्टर लाई मुक्का लाती बर्षाउन सुरु गर्छन् र बूट ले अनुहार मा प्रहार गर्छन् । डाक्टर लाई मरणासन्न हुने गरी कुटेपछि डाक्टर लाई अस्पताल भर्ना गरिन्छ।
जाहेरी दिन डाक्टर प्रहरी कार्यालय पुग्छन् तर प्रहरी ले राजनीतिक आडमा जाहेरी दर्ता गर्न मान्दैन र पछि मात्रै नेपाल मेडिकल एशसिएसनको पहलमा किटानी जाहेरी दर्ता गरिन्छ र आरोपित लाई पुर्पक्षको लागि थुनामा मा राखिन्छ र अनुसन्धान थालिन्छ।

यसै बीच प्रतिष्ठानका कार्यकारी समिति ले आरोपित लाई ४५ दिन को लागि निलम्बन गर्छन् र ३० दिने छानबिन समिति गठन गर्छन् ।
सोही बीचमा आरोपित पक्षले पीडित पक्षलाई विभिन्न माध्यम बाट मुद्दा मा सहमति गर्न विभिन्न राजनीतिक तथा गैर राजनीतिक दबाब दिन्छन् ।
यति गर्दा पनि मुद्दा मुद्दा नमिल्ने देखेपछि आरोपित पक्ष ले बालक को आमालाई प्रयोग गरी बालक लाई पेट दुखेको र सो बालक लागि आकस्मीक उपचार नदिएको भनि कपोकालपित र पूर्वाग्रही ढंगले २१ दिन पछि मात्रै बार्गेनिङ गर्ने प्रयोजन ले बाल हिंसा समबन्धि मुद्दा दर्ता गर्छन् र डाक्टर लाई पक्राउ पुर्जी जारी गरिन्छ ।

साथै यो मुद्दा लाई झनै चर्काउन आरोपित पक्षले कर्णाली प्राइभेट स्कूल संगठन र स्कूलहरु लाई प्रभावमा पारी डाक्टर विरुद्ध प्रेस विज्ञप्ति निकाल्न लगाउँछन्।
यति ले पनि नपुगेर सासाना स्कुले बालबालिका लाई समेत playcard सहित डाक्टर विरुद्ध ठूलो भीड खडा गरिन्छ र कर्णाली प्रतिष्ठानमा झडप को बातावरण सृजना गराइन्छ।
अन्त्य मा केही सीप न लागेपछि र ज्यान कै खतरा भएपछि डाक्टर आन्दोलनमा उत्रिएका छन् ।
डाक्टर ले के बिराए ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *