एक सचेत मतले कति फरक पार्छ ?

चुनाव अर्थात् प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन आउन अब ५५ दिन बाँकी छ । आउँदै गरेको निर्वाचन चुन्ने र चुनिनेभन्दा बढी आमनागरिकले पास गर्नै पर्ने परीक्षा हो । आमनागरिक राष्ट्रहितप्रति प्रतिबद्ध भए नभएको सिद्ध गर्ने कडी हो । के तपाईंले आफ्नो गृहकार्य सुरू गर्नुभयो ?

आमनागरिक सँधै निर्दोष र नेता सधैँ दोषी हुनै सक्दैन । राम्रोलाई सिधै राम्रो भन्न नसक्ने र हाम्रो मात्रै राम्रो भन्ने नागरिक कदापि असल नागरिक होइन । खोज्दा बालुवामा सुन भेटिएला, यहाँ असल नागरिक भेट्टाउन मुस्किल छ । नागरिकता एवम् मतदाता परिचयपत्र भएका धेरैजसो नागरिकसँग कुनै राजनीतिक दलको सदस्यता पनि छ । खासमा राजनीतिक दलका सदस्यहरू आमनागरिक होइनन् कार्यकर्ता वा नेता नै हुन् ।

आउँदै गरेको निर्वाचनमा चुन्ने र चुनिनेभन्दा बढी आमनागरिकले पास गर्नै पर्ने परीक्षा हो । आमनागरिक राष्ट्रहितप्रति प्रतिबद्ध भए नभएको सिद्ध गर्ने कडी हो । के तपाईंले आफ्नो गृहकार्य सुरू गर्नुभयो ? आमनागरिक सँधै निर्दोष र नेता सधैँ दोषी हुनै सक्दैन । राम्रोलाई सिधै राम्रो भन्न नसक्ने र हाम्रो मात्रै राम्रो भन्ने नागरिक कदापि असल नागरिक होइन । खोज्दा बालुवामा सुन भेटिएला, यहाँ असल नागरिक भेट्टाउन मुस्किल छ ।

करिब १ करोड ७८ लाख मतदाताबाट १ लाख विशुद्ध नागरिक सायदै भेट्टाइएला तर राजनीतिक दलका कार्यकर्ता र नेता सर्वत्र छ्याप्छ्याप्ती भेटिन्छन् । र चुनावमा विशुद्ध नागरिकहरू मौन बसिदिए भने राजनीतिक दलको रजाईं सुरू हुन्छ । नेपाली काँग्रेस नागरिक, नेकपा एमाले नागरिक, नेकपा माओवादी नागरिक, राप्रपा नागरिक, जसपा नागरिक, लोसपा नागरिक र अनेकन दलबन्दी नागरिकहरूको मिलेमतोमा नेपाल र नेपालीको भविष्य तहसनहस पारिन्छ । हरेक चुनावमा यहि हुँदै आएको छ, यसपाली पनि लगभग त्यस्तै हुनेछ ।

तपाईंको एक मतले केही फरक पार्दैन भन्नेहरूका कुरा एक कानले सुनौं, अर्को कानले उडाइदिउँ । हार्नेलाई मत दिएर आफ्नो अमूल्य मत खेर नफाल्नु भन्नेहरूसँग एक कोश टाढै बसौं । हरेक चुनावमा अनेकन वाचा गर्ने तर कहिल्यै आफ्नो वाचा पूरा गर्ने कोसिससमेत नगर्ने धोखेवाजहरूलाई आफ्नो घरमा चिया चमेनासहित स्वागत होइन गुनासोसहित प्रवेश निषेध गरौं । ती भाइरसहरूको बिगबिगी छ, जोगिएरै बसौं । तपाईंले तपाईंको मताधिकारसँग खेलवाड् गर्नुभयो भने त्यसले तपाईं, तपाईंका सन्तान र समग्र देशकै भविष्यमाथि निर्मम ठट्टा गर्छ । चुनावको मौसममा टोले नेताहरूको दसैँ आउँछ । तिनले तपाईंको मतको मूल्य तोकिदिन्छन् । उसैले मूल्य तोकेर उसैले किन्न सक्ने तपाईंको मत कसरी अमूल्य हुन सक्छ ? मत बेच्नु र बेचाउनु घोर अपराध हो । पापधर्म छ भने मत बेच्दा पनि पाप लाग्छ । राष्ट्रिय भविष्य बनाउने अवसर एवम् अधिकारलाई नगद वा जिन्सीसँग साट्नेहरू नर्कको वास निश्चित छ । मातृभुमिमाथि गरिने बेइमानीलाई जस्तोसुकै सजायँ पनि कम हुन्छ ।

मतदान गर्न मिल्ने सबै उम्मेद्वारको बारेमा सुसूचित हुनै पर्छ । यसका लागि कुनै उमेद्वारका बारेमा तपाईंलाई थाहा छ भने अरूलाई पनि थाहा दिनुपर्छ । थाहा छैन भने खोजेर थाहा पाउनुपर्छ । स्थानीय आमसञ्चार माध्यमहरूलाई उम्मेद्वार चिनाउने दवाव दिनुपर्छ । खोजेर पनि पत्ता लागेन भने उम्मेद्वारलाई समाजसामु उभ्याएर बयान लिनुपर्छ । समाजको प्रश्न सामना गर्न नचाहने उम्मेद्वारलाई सिधै बहिष्कार गरिदिनुपर्छ ।

धेरैजसो उम्मेद्वारको निजी ब्रान्ड बदनाम भैसक्यो तर मतदान गर्ने सबै पुस्ता चुनाव चिह्नलाई देवता मान्छ । विभिन्न चुनाव चिह्नमाथि सबै पुस्ताका मतादाताहरूको अन्धो आस्था छ । यो अन्धो आस्थाले नेपाल र नेपालीको प्रगति उहिल्यैदेखि छेकेर राखेको छ । निर्वाचन प्रणाली पनि उस्तै छ । थोत्रो भैसकेको प्रणालीले हरेक चुनावमा नयाँ मतपत्र छाप्छ तर प्रणाली सुधार्दैन । चुनाव चिह्न आजीवन ओगटेर बसेका अनेकन राजनीतिक दलहरूले त्यसकै ब्याजको स्याज, स्याजको स्याज त खाइरहेका छन्, खाइरहने छन् । खैर, प्रणाली सच्चिने सम्भावना छैन । सच्चिन चाहे, मतदाता नै सच्चिनु पर्छ ।

‘अब फेरि एउटा मौका आएको छ, जसको सदुपयोग गरेर नेपाल र नेपालीको हितमा काम गर्ने, इमान्दार नीति निर्माताहरू रोज्नु छ । अब फेरि प्रतिनिधि सभा र प्रदेश सभामा कसकसलाई सांसद बनाएर पठाउने भन्ने निर्णयमा पुग्न मात्र ५५ दिन बाँकी छ । के आफ्ना घरका परिवारजन, इष्टमित्र, भाइसाथी, प्रियजन र समुदायमा बहस सुरु गर्नुभयो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *