जैमिनीमा जीप दुर्घटना हुँदा तीन जना घाइते

जिल्लाको जैमिनी नगरपालिका वडा न.१० राङखानी डाँडाखानीमा शुक्रबार दिउँसो जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

ध १ च ६२ नम्बरको जीप सडकदेखि करिब एक सय मिटर तल खस्दा त्यसका चालक ३५ बर्षीय भरत पुन, त्यसमा सवार यात्रु बडिगाड गाउँपालिका वडा न.७ डाँडागाउँका २४ बर्षीय सञ्जय रजली र २५ बर्षीय चुर्ण बहादुर श्रीष घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले बताएको छ ।

घाइते पुनको दाइने हाप्त भाँचिएको छ भने रजालीको टाउको र श्रीषको शरीरमा चोट लागेको छ । उनीहरुको अहिले स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *