एक सय मिटर दौडमा निशा चौधरीको राष्ट्रिय कीर्तिमान

कास्की – नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सकी निशा चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी छिन ।

एथलेटिक्सको सय मिटर महिला दौडमा लुम्बिनीकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाएकी हुन् ।

हिट चरणमा उनले कीर्तिमान बनाइन् । यसअघि देविमाया पनेरुको नाममा १२ दशमलव १९ सेकेण्डको राष्ट्रिय कीर्तिमान रहेको चौधरीले त्यति दूरी १२ दशमलव १५ सेकेण्डमा पूरा गरिन् ।

तस्बिरमा निशा चौधरी । 📸/ उमेश पुन

आठौँ सागमा इलेक्ट्रिकल टाइम हो भने अहिलेको समय ह्याण्ड टाइम हो । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत आज विभिन्न २९ खेलहरु हुँदैछन् ।\

उज्यालो बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *