सत्यमोहन जोशीको स्वास्थ्यमा भएन सुधार, आइसियूमा उपचार जारी

२३ दिनअघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्‍था चिन्ताजनक छ।

किष्ट अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यका अनुसार उनको स्वास्थ्यमा शनिबार पनि कुनै सुधार आएको छैन। अस्पतालले शनिबार बिहान ११ बजे उनको स्वास्थ्यबारे बुलेटिन जारी गर्दै अवस्था चिन्ताजनक रहेको जानकारी दिएको छ।

‘जोशीज्यूको हिजोदेखि आजसम्म स्वास्थ्यमा खासै सुधार नभएको र उहाँको स्वास्थ्य स्थिति स्थिर नै रहेको छ,’ बुलेटिनमा भनिएको छ, ‘समग्र स्वास्थ्य स्थिर रहेता पनि चिनताजनक छ।’

उनको छातीमा निमोनियाको संक्रमण र पिसाब संक्रमण नियन्त्रणका लाथि एन्टिबायोटिक्स कोर्स जारी नै राखेको अस्पतालले जनाएको छ।

हाल उनलाई आइसियूमै राखेर उपचार गरिरहेको छ।

उनलाई असोज ७ गते किष्ट अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा देखिएको कमजोरीका कारण उनलाई इमर्जेन्सीमा लगी उपचार गरिएको थियो। उनमा डेंगीको संक्रमण देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *