पोखरामा यति विमान दुर्घटना : ६८ जनाको शव फेला

काठमाडौं, पोखरा — पोखराको सेती नदीको खोंचमा आइतबार बिहान भएको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये ६४ शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ । दिउँसो ४:१५ बजेसम्म एक बच्चासहित ६४ जनाको शव अस्पताल ल्याइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान गर्ने प्रक्रिया सुरु भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले ६८ शव दुर्घटनास्थलबाट निकालिएको विज्ञप्तिमार्फत जनाएको छ । केन्द्रका अनुसार खोजी जारी छ ।

शवहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएसँगै दिवंगत यात्रुका परिवारजनले प्रतिष्ठान परिसर भरिएको छ । अस्पताल परिसरमा दिवंगत यात्रुका परिवारजन शोकाकुल अवस्थामा छन् । शवहरू धेरै जसोको पहिचान गर्न नसकिने अवस्थामा रहेको जनाइएको छ । हालसम्म विमानमा चालक दलकासहित ७२ जना सवार थिए ।

उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दुर्घटनामा परेका मृतक यात्रुका परिवारका सदस्य वा आफन्तजनहरुले थप जानकारी चाहिएमा काठमाडौं विमानस्थल कार्यालयको ०१-४११३१६३ र यती एयरलाइन्सका पेम्बा शेर्पाको ९८०१००७५३१ मा सम्पर्क गर्न अनुरोध गरिएको छ 

ekantipur बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *