बुधबार ७.३ अंकले बढ्यो नेप्से

काठमाडौँ — बुधबार सेयर बजारको परिसूचकसँगै कारोबार रकम बढेको छ । सेयर परिसूचक नेप्से ७.३ अंक बढेर १९३८ मा कायम भयो । कुल १ अर्ब ४६ करोड रुपैयाँको सेयर कारोबार भयो । यसअघि मंगलबार १ अर्ब २९ करोडको कारोबार भएको थियो । तिहार र छठपछि लगातार नेप्से उकालो लागिरहेको छ ।

कुल १२४ कम्पनीको मूल्य बढ्दा ५६ को घट्यो भने ५ को स्थिर रह्यो । बैंकिङ उपसमूह २, निर्जीवन बीमा १ र ब्यापार उपसमूह २२ अंक घटे । अन्य २०, माइक्रोफाइनान्स ३६, उत्पाद १३, जीवन बीमा ५५, जलविद्युत् १६, फाइनान्स ८ र विकास बैंक उपसमूह ३३ अंक बढे । कर्पोरेट डेभलपमेन्ट बैंक तथा कर्णाली विकास बैंकको मूल्य ८ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नबिल बैंक, रिडी पावर, गोर्खाज फाइनान्स र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *