प्रिमिएर कप जित्दै एसिया कपमा नेपाल

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको एसीसी प्रिमिएर कपको फाइनल खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई ७ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमिएर कपको बिजेता बनेको हो । यससँगै नेपाल आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा छनोट भएको छ । प्रिमिएर कप बिजेता एसिया कपमा छनोट हुने प्रावधान रहेको थियो ।

१० टोली सहभागी यस प्रतियोगिताको शीर्ष तीनमा परेसँगै नेपाल, युएई र ओमानले एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा पनि सुनिश्चित गरेका छन् ।

Pic: CAN

जीतको लागी युएईले दिएको सामान्य एक सय अठार (११८) रनको लक्ष्य पछ्याएको नेपालले, गुलशन झा र भीम शार्कीको अविजित अर्धशतकीय साझेधारिमा ३०.३ ओभरमा तिन विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । झा र शार्की ले ९६ रन को साझेधारी गरेका थिए । ३ चौका र ६ छक्का प्रहार गर्दै गुलशन ले ८४ बल मा ६७ रन बनाए । ७२ बल खेली ३६ रन बनाउने क्रममा भीमले ४ चौका प्रहार गरे ।

यसअघी नेपालले ओपनर कुशल भुर्तेल लाई एक र आसिफ शेखलाई आठ रन मा गुमाएको थियो । कप्तान रोहित पौडेलले एक रन बनाई रहदाँ रोहन मुस्तफाको बल मा बोल्ड भएपछि निकै दबाब मा परेको नेपाललाई झा र शार्कीले समालेका थिए । बलिङमा युएईका रोहन मुस्तफाले दुई र आयन अफ्जल खानले एक विकेट लिए ।

Pic: CAN

सोमबार लगातार वर्षाका कारण बिचमै रोकिएको खेलले मंगलबार निरन्तरता पाउदा यूएई मंगलबार ३३.१ ओभरमा १ सय १७ रनमा अलआउट भएको थियो । सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको थियो ।

मंगलबार सोहि स्कोर बाट खेल सुरु गरेको युएईले ३३.१ ओभरमा सबै विकेटको क्षतिमा एक सय १७ रन बनाएको थियो । युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए भने कप्तान आर्यान लार्काले १३, मुम्हमद वासिमले ११, बसिल हमेद र जुनईद सिद्धिक्वीले १०/१० रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । 

युएईलाई सस्तैमा समेट्न बलिङमा नेपालका ललित राजवंशीले चार ,सन्दीप लामिछाने र करण केसीले दुई / दुई तथा सोमपाल कामी र गुलशन झाले एक एक विकट लिए ।

Pic: CAN

Leave a Reply

Your email address will not be published. Required fields are marked *